गुरु पूर्णिमा , गुरुको पूजागरि मनाइदै

असार २८, काठमाडौँ –

गुरुप्रति श्रद्धा र सम्मान प्रकट गर्दै आज मुलुक भर गुरु पूर्णीमा मनाइदै  छ । आषाढ शुक्ल पूर्णिमाका अवसरमा आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट गर्दै आज  गुरु पूर्णिमा मनाइदै छ ।  गुरुले पनि आफ्ना चेलालालाई आर्शिवाद दिदै उज्जवल भविष्यको कामना गर्ने गर्दछन् ।  हरेक वर्ष आषढशुक्ल पूर्णिमाको यस पर्वलाई व्यास जयन्ती पनि भन्ने गरिन्छ ।

वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ । वेदव्यासले वेदान्त, अठार पुराण, उपनिषद्लगायतका धार्मिकग्रन्थ लेखी हिन्दु संस्कृतिलाई ठूलो गुन लगाएको मानिन्छ ।

यस दिन आफूलाई शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा शिष्यहरूले विभिन्न मिष्ठान्न भोजनका साथ श्रद्धाभाव प्रकट गर्ने परम्परा रही आएको र गुरुलाई आमा वुवा सरह मान्ने प्रचलन समेत रहेको उहाँले जानकारी गराउनुभयो ।

अहिले विद्यालय, क्याम्पसलगायतका शिक्षण संस्थामा अध्यापनरत शिक्षकलाई गुरु पूर्णिमाको दिन उक्त शैक्षिक संस्थाका विद्यार्थीहरूले भव्य कार्यक्रम आयोजना गरी गुरुका रूपमा सम्मान गर्ने  प्रचलन रहिआएको छ ।