नेकपा माओवादीको विस्तारित बैठक बस्दै

असार २८, काठमाडौँ –

नेकपा–माओवादीको केन्द्रीय समितिको बिस्तारित बैठक आज बस्ने भएको छ ।  गत असार १८ गतेदेखि जारी केन्द्रीय समितिको बैठककै निरन्तरतामा आजदेखि विस्तारित बैठक बस्न लागको माओवादी  प्रवक्ता पम्फा भुषालले जानकारी दिइन् ।

केन्द्रीय समितिमा पूर्ण केन्द्रीय सदस्यमात्रै सहभागी रहेकोमा विस्तारित बैठकमा केन्द्रीय सल्लाहकार र वैकल्पिक केन्द्रीय सदस्यहरूसमेत सहभागी हुनेछन् ।

माओवादी केन्द्रीय समितिको बैठकमा अध्यक्ष मोहन वैद्यले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव र त्यसमा असहमति जनाउँदै सचिव नेत्रविक्रम चन्दले फरक प्रस्ताव पेस गरेपछि थप छलफलका लागि विस्तारित बैठक बोलाइएको भुषालले बताइन् ।