एमाले महाधिवेसनमा मतदान सकियो, मतगणना मध्यान्न पछि मात्र सुरु हुने

असार २८, काठमाडौँ –

नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागी  मतदान सकिएको छ । निर्धारित समयभन्दा १० घण्टा ढिलो गरि सुरु भएको मतदान आज बिहान ३ बजेपछि सकिएको निर्वाचन अधिकृत सोमनाथ अधिकारी प्यासीले जानकारी दिए  ।

मतगणना दिउँसो १२ बजे देखि सुरु गर्ने मिूल निर्वाचन कसमटीले जनाएको छ ।  २१ सय ७४ मतदाता मध्ये २१ सय ५२ मत खसेको एमालेको निर्वाचन आयोगले  जनाएको छ । नयाँ विधानअनुसार १४ पदाधिकारीसहित केन्द्रीय कमिटी एकसय ५९ हुने प्रावधानअनुसार प्यानल घोषणा गरिएको छ ।

एमालेको यो महाधिवेशनबाट एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव र पाँच सचिव चयन हुनेछन् । ती पदहरुमा दुई प्यानलबाट २८ जनाको उमेदवारी परेको छ ।

त्यस्तै एकसय १५ पूर्णसहित एकसय ५९ सदस्यीय केन्द्रीय कमिटीका लागि झण्डै साढे चारसय जनाको उमेदवारी परेको छ । अध्यक्ष पदका प्रत्यासी बरिष्ठ नेता माधव कुमार नेपाल र संसदिय दलका नेता केपि शर्मा ओली बिचको सम्पूर्ण चुनावी नतिजा  आउन केही दिन लाग्ने निर्वाचन कमिटीले जनाएको छ ।