एमाले महाधिवेशन कार्यकर्तालाई पानी पाउनसमेत मुस्किल

असार २८, काठमाडौँ –

एमालेको नवौ महाधिवेशनकै मुख्य कार्यक्रम नेतृत्व चयनका लागि मतदान घोषित समयभन्दा साढे १० घन्टा ढिलो सुरु भएपछि शुक्रवार दिनभर प्रदर्शनी मार्गको सडकमा बिताउन बाध्य भए प्रतिनिधि ।

अन्य दिन पार्टीले व्यवस्था गेअनुसार चिया, खाजा र खानादेखि स्वास्थ्य उपचारसम्म पाएका प्रतिनिधिलाई शुक्रवार चर्को घामका बेला पानीसमेत पाउन हम्मे पर्‍यो । निर्वाचन व्यवस्थाका लागि शुक्रवार विहानैदेखि स्वयंसेवक, व्यवस्थापक र निर्वाचन आयोगका सदस्य बाहेक अरुलाई भृकुटीमण्डप परिसरमै प्रवेश दिइएको थिएन । आजको अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

प्रतिनिधिहरु ढोकाबाहिर लाम त लागे तर निर्वाचन सुरु हुने समयको अत्तोपत्तो थिएन । एकैपटक साढे चार बजे प्रतिनिधिलाई भित्र जान दिइयो । मतपत्र नआइपुगेका कारण उनीहरु घाममै उभिन बाध्य भए । चर्को घाम र पानी नपाउँदाको पीडाबाट अत्तालिएका बरिष्ठ नेता माधव नेपालका भाई सरोज उपाध्यायले युवा नेता रामनाथ ढकाल र योगेश भट्टराईसामू आग्रह गरेपछि पानीको व्यवस्था गरिएको थियो ।

यस्तै खालको पीडामा सामान्य कार्यकर्ता मात्र होइन मन्त्री समेत परे । प्रदर्शनीमागैमा कार्यकर्तासँग कुरा गरिरहेका परराष्ट्रमन्त्री महेन्द्र पाण्डेले भनेका थिए,’यो घाममा कति समय उभिनु पर्ने हो खै रु’

‘मतदान कहिले सुरु होला कमरेड’ रु तल्लो तहका अधिकांश कार्यकर्ताले नेताहरुलाई सोध्ने एउटै प्रश्न हुन्थ्यो । त्यसको जवाफमा मतपत्र छापिँदै गरेको , केही प्रतिशत छापिएपछि विग्रिएको, रेजा लगाउने कोठा सानो भएका कारण विवाद भएको आदी अपुष्ट जानकारी नेताहरुबाट आउँथ्यो ।