दामोदर बाजे ‘पेले’ बनेपछि

असार २७ , काठमाडौं  –

नयाँ वानेश्वर हाइटका ८३ वर्षीय दामोदर गौतमलाई एक महिनादेखि फुर्सद छैन । उमेरले उनी ओछ्यानमै बसेर खाना खाने स्थितिका भइसके।

तर, उनको जोश कुनै १६ वर्षे युवाको भन्दा कम छैन। रातभर विश्वकप फुटबलमा रमाउँदै आएका उनलाई स्थानीय बासिन्दाले ‘पेले दाई’ उपनाम दिएका छन्। आजको अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ । समूहमा बसेर नियमित फुटबल हेर्दै आएकाले स्थानीयले समूहको नेतृत्व गर्ने जिम्मा पनि उनैलाई दिएका छन्। उनीहरुको विश्वकप हेर्ने तरिका पनि फरक छ। एकै ठाउँमा भेला भएर फरक(फरक घरमा आलोपालो विश्वकप हेर्नु उनीहरुको दिनचर्या छ। प्रत्येक खेलमा स्थानीयबीच दुई समूह बनाइन्छ।

एउटा पक्षले एउटा टोलीको समर्थन गर्छ। अर्को पक्षले अर्को टोलीको। खेलका क्रममा फुटबलसँग सम्बन्धीत गीत, कविता, हाजिरिजवाफजस्ता गतिविधि पनि सँगै हुन्छन्। जित्ने टोलीले हार्ने टोलीलाई रमाइलो घोचपेच गर्नु अर्को रमाइलो पाटो हो। छिमेकीबीच आपसी सदभाव कायम राख्दै फुटबलको मजा लिन विश्वकप सुरू भएदेखि नै यस्तो काम हुँदै अएको स्थानीय महेश्वर गौतमले बताए ।

बुधवार अर्जेन्टिना र नेदरल्याण्डसवीचको खेल स्थानीय मुकुन्द बास्कोटाको घरमा हेर्ने व्यवस्था गरिएको थियो । उक्त खेलमा ममः बाजी राखिएको थियो, महेश्वरले भने ।