संसद बैठकमा बजेट वक्तव्यको मिति तय हुने

असार २६, काठमाडौँ –

व्यवस्थापिका संसदको बैठक आज बस्दैछ ।

दिउँसो १ बजे संविधानसभा भवन नयाँ वानेश्वरमा बस्ने बैठकबाट आगामी आर्थिक वर्षको बजेट बक्तव्यको मिति तय हुने कांगे्रस प्रमुख सचेतक चिनकाजी श्रेष्ठले जानकारी दिए ।

यस्तै आजको बैठकमा सरकारका तर्फबाट आर्थिक प्रक्षेपण प्रतिवेदन पनि प्रस्तुत हुने जनाइएको छ ।