भाजपा अध्यक्षमा अमित साह नियुक्त

असार २५, काठमाडौं – भारतीय जनता पार्टीको अध्यक्षमा अमित साह नियुक्त भएका छन् । उत्तर प्रदेशबाट लोकसभामा प्रतिनिधि रहेका साह प्रधानमन्त्री नरेन्द्र मोदीका नजिकका सहयोगी समेत रहेको बताईएको छ । भारतीय जनता पार्टीको आज बसेको संसदीय दलको बैठकले साहलाई अध्यक्षमा नियुक्ती गरेको हो । अध्यक्ष राजनाथ सिंहले आफ्नो डेढ बर्षे कार्यकाल पश्चात् राजीनामा गरेपछि बैठकले राजीनामा स्विकृत गर्दै नयाँ अध्यक्षमा साहलाई नियुत्त गरेको हो ।