संचारकर्मीकाको आन्दोलनप्रति एमाओवादीको ऐकीवद्धता

असार २५, काठमाडौँ –

एकीकृत नेकपा माओवादीले ३ दिनदेखि सूचना विभागमा अनसनरत पत्रकारले उठाएका मागहरुप्रति जोडदार आफूहरुको समर्थन रहेको जनाएको छ । प्रवक्ता दिनानाथ शर्माले आज विज्ञप्ति निकालेर अघिल्लो आर्थिक वर्ष लोककल्याणकारी विज्ञापनमा बढेको २५ प्रतिशत रकम भुक्तानी गर्नुपर्ने, समानुपातिक विज्ञापन नीति तत्काल कार्यान्वयन गर्नुपर्नेलगायत पत्रकारहरुले उठाएको माग उचित भएको भन्दै माग पुरा गर्न सरकारको ध्यानाकर्षण पनि गराइएको छ ।