ब्लड बैँङ्कमा रगतको अभाव कायमै

असार २५, काठमाडौँ –
केन्द्रिय रक्त संचार केन्द्रमा केही समय अघि देखि देखिएको रगतको अभाव अहिले पनि कायमै  छ । केन्द्रमा अधिकांश ग्रुपको रगत अभाव भएपनि   ए नेगेटिभ ग्रुपको अभाव लामो समय देखि कायमै रहदै आएको छ ।  बैँङ्क धाउदा पनि समयमा नपाएको गुनासो बढ्ने गरेको छ । बिरामीका आफन्तले समयमा रगत नपाएका कारण आक्रोश पोख्ने गरेका छन् । सहिद शुक्रराज ट्रपिकल अस्पताल टेकुमा उपचारत आफ्ना काकाको लागि रगत लिन केन्द्रीय रक्त सञ्चार केन्द्रमा पुगेका बानेश्वरका फुर्वा योङ्जनले पनि भन्ने बित्तिकै रगत पाएनन् । केन्द्रमा कार्यरत कर्मचारीले रगत अभाव भएको बताउँदै रगत पाउन केही पर्खिनु पर्ने बताए । उनीमात्रै  हैन,  उनीजस्ता जस्ता थुप्रै बिरामीका आफन्तले केन्द्रमा रगत लिन आउँदा यस्तै समस्या भोग्नुपरेको नेपाल स्वयम्सेवी रक्तदाता समाजले जनाएको  छ ।

हाल केन्द्रमा दैनिक ४०० युनिट रगतको माग हुने गरेकोमा केन्द्रले करिब ३५० युनिट रगतमात्र बिरामीलाई वितरण गर्ने गरेको छ । केन्द्रीय रक्तसञ्चार केन्द्रमा व्यवस्थापनको अभावले गर्दा बिरामीले समयमा रगत पाउन सकेका छैनन् । केन्द्रमा प्रयाप्त रगत भए पनि त्यसको राम्रो व्यवस्थापन हुन नसेको कारण रगत पाउन धेरै समय खर्चनुपर्ने बाध्यता बिरामीका आफन्तको  छ । जसका कारण बिरामीको स्वास्थ्यमा गम्भीर असर पर्ने गरेको छ । सङ्घ संस्थामार्फत रक्तदान गर्ने पर्याप्त रक्तदाताहरु भएपनि केन्द्रमा उचित व्यवस्थापन नहुनाले प्रत्येक दिन रगत खेर जाने गरेको ाफन्तको गुनासो  छ ।
केन्द्रले रगतको अभाव हुन नदिन विभिन्न सङ्घसंस्थामार्फत गरिने रक्तदान कार्यक्रम तथा बिरामीका आफन्तमार्फत पनि रगतको सङ्कलन गर्दै आएको छ । केन्द्रको ढिलासुस्तीका कारण बिरामीको मागअनुरुपको रगत समयमै पाउन नसकेको सङ्घसंस्थाको गुनासो छ । केन्द्रका वरिष्ठ अधिकृत डा जीवनतारा भट्टले सहयोगी सङ्घसस्थाबाट मागअनुसारको रगत आपूर्ति भए पनि त्यसलाई प्रशोधन गर्न तीनदेखि चार घण्टा लाग्ने बताए  । भट्टका अनसार रगतको मागअनुसार केन्द्रले आपूर्ति गर्ने प्रयास गरिरहेको छ, रगत प्रशोधन गर्न समय लाग्ने भएकाले रगत पुर्याउन केही समस्या देखिएको हो ।