कृषकलाई अनुदान सहुलियतमा कृषि उपकरण

असार २५, म्याग्दी –

जिल्ला कृषि विकास कार्यालय म्याग्दीले विभिन्न कार्यक्रमअन्तर्गत कृषकलाई अनुदान सहुलियतमा कृषि उपकरण वितरण गरेको छ । कृषकहरुलाई आठ हाते हलो, एउटा पाउर टिलर, पाँचवटा कोदो चुट्ने मेसिन, दुई वटा अन्न बताउने पङ्खा र २५ थान मकै छोडाउने मेसिन उपलब् गराइएको जिविस म्याग्दीले जनाएको छ ।

मध्यपहाडी बृहत्तर मकै उत्पादन कार्यक्रम लागू भएका गाविसअन्तर्गत पात्लेखेत व्यावसायिक कृषि सहकारी संस्था, रत्नेचौर कृषि सहकारी संस्था, मालिका व्यावसायिक कृषि सहकारी बानियाँचौर, अर्मन बहुउद्देश्यीय सहकारी संस्था र प्रगतिशील कृषक समूह हिस्तानलाई एक÷एकवटा मिनी टिलर ५० प्रतिशत अनुदानमा उपलब्ध गराइएको हो ।

सोही कार्यक्रमअन्तर्गत २५ वटा मकै छोडाउने मेसिन आठवटा कृषि सेवा केन्द्र तथा सम्पर्क स्थलमार्फत ५० प्रतिशत अनुदानमा उपलब्ध गराइएको छ । त्यसैगरी एकीकृत जल तथा बाली व्यवस्थापन कार्यक्रमअन्तर्गत बाली व्यवस्थापन कार्यक्रम लागू भएको बाबियाचौर गाविसमा रहेका कृषक समूहलाई एउटा पाउर टिलर, तीनवटा मिनी टिलर र बताउने पङ्खा दुई वटा ८५ प्रतिशत अनुदानमा वितरण गरिएको छ ।