आजको पत्रपत्रिकामा छापीएका मुख्य खबरहरु

असार २५, काठमाडौँ   –

राजधानीबाट प्रकाशित हुने सवै जसो दैनिक पत्रिकाले एमालेको नवौँ महाधिवेशनको समाचारलाई नै प्राथमिकताका साथ छापेका छन् । नागरिक दैनिकले नेपाल – ओली समूहमा संख्याको खेल शीर्षकमा मूख्य समाचार छापेको छ । यस्तै आर्थिक वृद्धिदर ६ वर्षयताकै उच्च भएको समाचारलाई पनि नागरिक दैनिकले प्रमुख पृष्ठमै छापेको छ ।

यसैगरी दोस्रो संविधानसभाको निर्वाचन जित्न भारतबाट नक्कली नेपाली नोट छपाई नेपाल ल्याउने काममा संलग्न उम्मेदवार चुनाव भएको आठ महिनापछि पक्राउ परेको समाचार नागरिकले छापेको छ ।

यसैगरी राजधानी दैनिकले एमाले अध्यक्ष झलनाथ खनाल आफू केपी र माधवकुमार नेपाल दुवै समूहका गुटमा नगरेको वताएको समाचारलाई मूख्य समाचार बनाएको छ । यसैगरी विधानमा सहमति खोज्दै एमाले शीर्ष नेता शीर्षकमा अर्को समाचार छापेको छ ।

यसैगरी नेपाल समाचारपत्र दैनिकले एमालेको विधान संशोधन नहुने पक्का भएको र पद बाँड्न दुवै पक्षलाई महाभारत भएको समाचारलाई प्रमुखताका साथ छापेको छ । यस्तै पूर्वयुवराज पारस शाह थाइल्यान्डमा प्रेमिकासँग रमाइरहेको समाचार पनि पहिलो पृष्ठमै छापिएको छ ।