एमालेले विधान संसोधनमा मध्यमार्गी बाटो खोज्ने, निर्वाचन प्रक्रिया आजै साँझसम्म सुरु हुने

असार २५, काठमाडौँ  –

नेकपा एमालेको जारी नवौँ महाधिवेशनको बन्द शत्रमा आज विधान संसोेधन प्रस्ताबका लागी दफाबार छलफल हुदैछ । अहिले केही बेरपछि सुरु हुने बन्द शत्रमा हल विभाजित भएपछि पार्टीको ध्वनी मतका आधारमा विबाद टुङ्गो लगाउन लागीएको नेता रविन्द्र अधिकारीले जानकारी दिए । विधान संसोधन बाहेक अन्य प्रस्तावलाई हिजो नै टुङ्गो लगाइसकीएको  छ  । पदाधिकारीको आकारको षियलाई लिएर दुवै समुहका नेता विभाजित भएपछि पार्टीको विधान टुङ्को लाग्न नसक्दा निर्वाचनको टुङ्गो लागन नसकेको हो ।

यसैबिच केन्द्रीय आयोगका प्रतिवेदनलाई पनि पारित गर्न बाँकी छ । ती प्रतिवेदन पारित गरेपछि आज अपराह्न निर्वाचनको प्रक्रिया अघि बढ्ने प्रचार विभाग प्रमुख युवराज ज्ञवालीले बताए  ।  दुवै पक्षको अडान कायमै रहदा महाधिवेशनको ६ दिन बिति सक्दा पनि विधान संसोधन हुन सकेको छैन । नेताहरुले आज मध्मार्गी बाटो खोजी विधान संसोधन गरी निर्वाचन प्रक्रिया सुरु हने निर्वाचन आयोगले जनाएको  छ ।
असार १९ गतेदेखि भृकुटीमण्डपमा जारी महाधिवेशन आज सम्पन्न भनिए पनि निर्वाचनका कारण लम्बिने भएको छ ।

महाधिवेशनको बन्दसत्रले हिजो अध्यक्ष झलनाथ खनाल र महासचिव ईश्वर पोखरेलको प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ ।  सहमतिको सम्भावना कम भएपछि नेकपा एमालेमा मतदानबाटै नयाँ नेतृत्व चयन गरिने भएको छ । अध्यक्षका प्रत्याशी वरिष्ठ नेता माधवकुमार नेपाल र नेता केपी शर्मा ओली समूहले आज नेतृत्वका लागि प्यानल घोषणा गर्ने तयारी गरेको छ । वरिष्ठ नेता नेपाल समूहले वर्तमान अध्यक्ष झलनाथ खनालले आफूलाई समर्थनमा संयुक्त समूहको घोषणाको तयारी गरेको छ ।