इन्टरनेसनल फेलोसिपको जिम्मेवारी अब क्षयरोग निवारण संस्थामा

असार २४,  नेपालगन्ज –

इन्टरनेसनल फेलोसिप नेपाल संस्थाले बाँके जिल्लामा सञ्चालन गर्दै आएको क्षयरोगसम्बन्धी सबै उपचार सेवा अबदेखि नेपाल क्षयरोग निवारण संस्थाले सञ्चालन गर्ने भएको छ ।

राष्ट्रिय क्षयरोग केन्द्रसँगको साझेदारीमा नेपालगन्जमा २६ शैयाको क्षयरोग क्लिनिक र २० शय्या क्षमताको डिआरटिबी होस्टेल, वीरेन्द्रनगरमा १० शय्याको डिआरटिबी होस्टेल सञ्चालन गरिँदै आइएकामा भोलिदेखि यसको सञ्चालन र व्यवस्थापनको जिम्मा नेपाल क्षयरोग निवारण संस्थाले लिनेछ ।

कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौतापत्र आइएनफए शाखा प्रबन्धक ढाकाराम बिएमले नेपाल क्षयरोग निवारण संस्थाका अध्यक्ष रणप्रसाद रानालाई हस्तान्तरण गरेका हुन् ।