असार २२, काठमाडौँ ।
राजनीतिक सम्बाद तथा सहमति समिति अन्तरगतको उपसमितिले आज साना दलहरुसंग छलफल गरेको छ । संविधानसभा बाहिर रहेका बिभिन्न ४२ दलमध्ये आज १२ दलका प्रतिनिधिहरुसंग समितिले छलफल गरेको हो । दलका नेताहरु माथी संविधानका बिषयबस्तु माथी रहेर छलफल भएको हो ।
उपसमितिले संविधानसभा चुनावमा भाग लिएका तर सहभागी हुन नपाएका दलका प्रतिनिधिसंग आज र भोली दुई चरणमा छलफल गर्न लागेको सम्बाद समितिका सचिव मुकुन्द शर्माले जानकारी दिए ।
संविधानसभा बाहिरका दलको सहभागिता हाल संवादबाट सुरु भएको र आगामी दिन राजनीतिक सम्मेलन वा प्राथमिक मस्यौदामाथि जनतामाझ हुने छलफलका माध्यमबाट पनि सहभागिता गराइने उहाँले बताए ।
बैठकमा उपस्थित दलहरुले आ–आफ्नो दलको घोषणापत्रअनुसार सङ्घीयताबारे धारणा राखेका थिए । बैठकमा सबै दलको राय सङ्कलन गर्न बाँकी रहेकाले भोलि पनि बैठक बस्ने छ ।