इजरायलले गरेको हवाई आक्रमणमा ९ जना प्यालेष्टाइनी सर्वसाधारणको मृत्यु

असार २२, काठमाडौँ ।
इजरायलले गरेको हवाई आक्रमणमा थप ९ जना  प्यालेष्टाइनि सर्वसाधारणको मुत्यु भएको छ । यसअघि पनि इजरायलीको आक्रमणबाट ३ जना प्यालेष्टाइनी किशोरको मुत्यु भएको थियो ।

प्यालेष्टाइनी विद्रोहीले हवाई आक्रमण गरेपछि इजरायले पनि जबाफि त्यसको जबाफि आक्रमण शुरु गरेको इजरायली सेनाको दाबी छ । तर प्यालेष्टनी अधिकारीहरुले भने आाँफुहरुले प्रतिरक्षाको लागी कदम चालेको बताएका छन् ।
हिजो मात्रै प्यालेष्टाइनका मोहम्मद अबु खदैर को हत्या भएपछि दुई देश विच तनाव बढेको हो ।इजरायले प्रहरीले खदैरको हत्यामा संग्लन रहेको भन्दै ६ जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।