अध्यक्ष खनालको सर्मथन नेपाललाई, निर्वाचन हुने निश्चित

असार २३, काठमाडौँ ।

सहमतिका साथ नेतृत्व चयनको प्रयास भइरहे पनि नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालले वरिष्ठ नेता माधवकुमार नेपाललाई समर्थन गर्ने सङ्केत दिएपछि जारी नवौँ महाधिवेशनमा निर्वाचन हुने पक्का पक्की भएको छ ।

नेपाल समूहका नेता घनश्याम भुषालले आफ्नो समूहलाई अध्यक्ष खनालको समर्थन हुने बताउँदै सहमतिमा नेतृत्व चयनको सम्भावना न्यून रहेको बताए  । आज महाधिवेशन स्थलमा संचारकर्मीसँग संक्षीप्त कुराकानी गर्दै पत्रकारसँग कुरा गर्दै नेता भुषालले अध्यक्ष खनालले पहिलेदेखि नै वैचारिक रूपमा आफूहरूसँग खनालको निकटता रहेको रावलको दाबी छ ।

तर अध्यक्षका अर्का प्रत्याशी नेता केपी शर्मा ओली निकट नेता भानुभक्त ढकालले भने खनालले समर्थन गर्दैमा कुनै फरक नपर्ने दाबी गरे । उनले देशभरबाट प्रतिनिधि चयन नेपाल र ओली समूहका आधारमा भएकाले खनालको अलग्गै समूह नदेखिएको बताए ।