चन्द पक्षद्धारा राप्रपाको केन्द्रीय समिति बैठक आहृवान

असार २३ , काठमाडौँ ।

राप्रपाको बिबाद उत्कर्षमा रहेका बेला लोकेन्द्र बहादुर चन्दले आज केन्द्रीय समिति बैठक  आब्हान गरेका छन् । पूर्वसहमति अनुसार अध्यक्ष मण्डलमा आफू दोस्रो बरियताक्रममा रहेपनि पूर्व अध्यक्ष सुर्य बहादुर थापाले सहमति उल्लंघन गरेको लोचन्द पक्षको आरोप छ ।

बर्षको १ १ जना अध्यक्ष हुने मौखिक सहमति पूर्व अध्यक्ष  थापाले कार्यन्वयन नगरेको भन्दै आफू नै अध्यक्ष भएको घोषणा गर्दै निर्वाचन आयोगसम्म पुगेका राप्रपाका सोघोषित अध्यक्ष  चन्दले भावी रणनीति तय गर्न बैठक आहृवान गरेको बताइएको छ ।

तर  बैठक चाबेल स्थित पार्टी कबायर्कालयमा नभै केन्दिय ्रनेता बालाराम घर्ती मगरको ललितपुरस्थित निवासमा दिउँसो ३ बजे बस्न लागेको राप्रपा निकट स्रोतले जनाएको छ ।

पूर्व सहमतिलाई लत्याउँदै नेता सूर्यवहादुर थापाले पशुपति शम्शेर राणालाई अध्यक्षको जिम्मेवारी दिएको चन्द पक्षले अस्विकार गर्दै आएको छ । चन्द पक्षले यसअघि पनि यही विषयलाई लिएर आफू आधिकारीक अध्यक्ष भएको भन्दै निर्वाचन आयोगको ढोका समेत ढकढकाउन पुगेका थिए ।