राजनीतिक सम्वाद उपसमितिको सानादलसँग छलफल जारी

असार २३, काठमाडौँ ।

संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समिती अनर्तगतको उपसमितिले साना दलहरुसँग अन्र्तक्रिया गरीरहेको छ । संविधानसभा भवनमा जारी छलफलमा संविधानसभाको चुनावमा भाग लिएका तर संविधानसभाका प्रतिनिधित्व हुन नसकेका ९२ दल सहभागी छन् ।

नेपाली कांगेसका सभासद आनन्द ढुङ्गाना संयोजक रहेका प्रारम्भिक वार्ता उपसमितिले सोमबार मंगलबार समीतिले  छलफल गरेर संविधान निर्माणमा उनीहरुको सहभागिता खोज्ने सम्वाद समितिका सचिव मुकुन्द शर्माले जानकारी दिए ।