एमाले महाधिबेसनमा प्रतिबेदनमाथि समुहगत छलफल हुदै

असार २३, काठमाडौँ ।

नेकपा एमालेको नवौं महाधिबेसनको आज चौथो दिन पनि जारी बन्द शत्रमा महाधिवेशनमा पेश भएका प्रतिबेदनमाथि समुहगत छलफल हुदैछ  । यसअघि आइतबार समुहगत छलफल शुरु गर्ने भनिए पनि समुह नेता छनोटमा बिबाद भएपछि निर्वाचन मार्फत टोली नेता छान्दा ढिलाइ भएको हो । प्रतिबेदन माथिको छलफलको लागि १९ वटा समुह बनाइएको छ ।
जसमध्ये नौ समूहमा सर्वसम्मति, आठमा निर्वाचन तथा दुई अञ्चलमा अभैm विवाद कायम छ ।

केही टोलीमा विवादका कारण दुई जनालाई टोली नेता बनाइएको छ । दुई अञ्चलमा निर्वाचन या सहमति कसरी के गर्ने भन्नेमा विवाद भएपछि सगरमाथामा यज्ञराज सुनुवार र सुमन प्याकुरेल, भेरीमा विष्णु रिजाल र यामलाल कँडेलको नाम प्रस्तुत भएको छ । ती दुई अञ्चलमा निर्वाचन गरेर चयन गर्न अध्यक्षमण्डलले निर्र्देशन दिएको छ । महाधिवेशनबाट नयाँ कार्यसमिति चयन गर्न गरिने भनिएको विद्युतीय मतदानका बारेमा विवाद कायमै  छ ।

महाधिबेसनमा अध्यक्ष झलनाथ खनालको राजनीतिक, महासचिब इश्वर पोख्रेलको सांगठनिक र संगठन विभाग प्रमुख युवराज ज्ञवालीको बिधानसंसोधन प्रतिबेदन शनिबार पेस भएका थिए । यसैगरि हिजो लेखा समितिको प्रतिबेदन, अनुसासन आयोगको प्रतिबेदन र निर्वाचन आयोगको प्रतिबेदन पेस भएका छन् । सबै प्रतिबेदन माथि समुहमा संयुक्त छलफल हुने छ । छलफलको निष्कर्ष टोली नेताले पेस गर्ने छन् । समुहगत छलफल सकिएपछि महाधिबेसनमा नेतृत्व चयनको प्रकृया शुरु हुने छ ।

एमालेमा नया नेतृत्वको लागि बरिष्ठ नेता माधब कुमार नेपाल र संसदीय दलका नेता केपी ओली प्यानल सहित चुनावी प्रतिष्पर्धामा छन् ।