शिक्षकको हत्या पछि शान्ति क्षेत्र सुनसान

असार २३, डोटि ।
शिक्षकको हत्या भएको घट्नापछि डोटिको बर्छेन उच्च माध्यमिक विद्यालय एकहप्तादेखि बन्द छ । त्रासका कारण अभिभावकले छोराछोरी विद्यालय नपठाएको र  छात्रवासमा बसेकाहरु पनि घर फकिर्एका स्थानियले बताएका छन् ।

गत असार १३ गते बर्छैन उच्च माविका शिक्षक दीपक बमको हत्या भएपछि विद्यार्थीहरु विद्यालय डरले आउन छाडेका शिक्षक मीनबहादुर बमले जानकारी दिए  ।
सुरक्षाको प्रत्याभूति दिलाएर पठन पाठन शुचारु गराउन स्थानीय अभिभावकले आग्रह गरेका छन् ।