इराकी मस्जिदमा खलिफाको प्रवचन

असार २३, काठमाडौँ ।

स्वघोषित खलिफा अबु बक्र अल–बग्दादीले आफ्नो पहिलो सार्वजनिक उपस्थितिको रूपमा इराकी मस्जिदमा प्रवचन दिएका छन् । यस कार्यक्रमको भिडियो चित्र लिइएको छ र यसलाई यस समूहको नियन्त्रण र यी धार्मिक नेताको विश्वासको सीमाको रूपमा विशेषज्ञहरूले हेरेका छन् । बग्दादीको इस्लामिक स्टेटले इराक तथा सिरिया दुबै मुलुकको ठूलो भागमा नियन्त्रण कायम गरेको छ ।

यी खलिफाले  मोसुलको अल–नुर मस्जिदमा प्रार्थनाको प्रवचनमा मुस्लिम जनतालाई आफूलाई मान्न आग्रह गरे । उक्त भिडियोलाई एकदिनपछि अनलाइनमा वितरण गरिएको छ । मस्जिदमा उक्त उपस्थितिलाई लडाकूहरूले आश्चर्यको रूपमा लिएका छन् । उनीहरूले यी नेतालाई युद्धक्षेत्रका भूमिगत कमान्डरका रूपमा हेरेका थिए । भिडियोमा बग्दादीलाई खलिफा इब्राहिमको रूपमा उल्लेख गरिएको छ । यस समूहले जुन २९ मा इस्लामी राज्य खिलाफतको घोषणा गरेको थियो ।