आज श्रीकृण र श्वेता तथा अनुप र दिया लगनगाँठोमा कसिदै

२३ असार, काठमाडौँ ।

असार महिना,  बिहेको सिजन त हो नै  । अझ यसले  कलाकारका लागी बिहेको लहर नै ल्याइदिएको छ । त्यसमा पनि उमेर पुगेर पाका भइसकेका कलाकारलाई असारले जोडीदिएको छ दुई मन र आत्मा  । अनि बनाइदिएको छ एक मन एक शरिर ।

प्रसङ्ग हो कलाकारको बिहेको । नायक राजेश हमालको पाकै उमेरमा सम्पन्न बिहेको केही साता बित्न नपाउँदै अर्की पाकी कलाकारले यही साता लगन गाँठो कसिन् । गत साता पारिवारिक सदस्यहरुको उपस्थितीमा मिथिलाले प्रेमी मोतिलाल बोहरासंग बाँकी जिवन काट्ने निर्णय कानुनु अनुसार गरेकी हुन  । मिथिलाले शुक्रबार प्रेमी बोहरासंग  कोर्ट म्यारिज गरेकी हुन् । marige2

पचाँस बर्षमा जीवनका उकाली ओरालीमा ओहोर दोहोर गरीरहेकी मिथिलाले ७५ बर्षीय पूर्व आईजिपी बोहरासंग धेरै पहिले देखिको चिनापरिचयलाई सम्बन्धमा बदलेकी हुन्  कलाकार शर्मा बैबाहिक बन्धनमा कसिएको साता नबित्दै अर्का नायक श्रीकृण श्रेष्ठले पनी लगन गाँठो कस्दै छन् । उनले चिरपरिचित आफ्नी प्रमीका तथा नायिका श्वेता खड्कासँग आज बिबाह गर्न लागेका हुन् ।

यो बर्ष नायक आर्यन सिग्देलले पनि लगनगाँठो कसे । नायक सिग्देलले पनि अरु कलाकारले जस्तै प्रम विबाह नै गरेका हुन् ।सिग्देलले आफ्ना अग्रज नायक हमाल, अभिनेतृ शर्मा, नायक श्रेष्ठ लागायतलाई उछिनेर  सुरु भएको सेलिब्रेटीको लगन श्रेष्ठ — खड्काजोडी कोहिनूर जोडी  सम्म आईपुगेको छ ।

सोमबार विवाह बन्धनमा बाधिन लागेको कोहिनूर जोडीले एक करोडको खर्च गरेर विवाह गर्न लागेको उनीहरु निकट स्रातले बताएको छ  । आफ्नै विजनेस कम्प्लेक्स होटल ईन्देणी गौशालामा हुने रिसेप्सन पार्टीमा फिल्म क्षेत्रका करिब ५ सय ब्यक्तिलाई निम्ता गरिएको छ ।

२७ बर्षे हिरोइन स्वेता खड्का र झण्डै पचाँस उमेर पुग्न लागेका श्रीकृष्ण श्रेष्ठ विगत ५ बर्षदेखि प्रेmmmममा रहेको र त्यो सम्बन्धलाई बन्धनमा बाँध्न लागेका हुन् । पारिवारिक दबाब बढेपछि उनीहरुले विवाह गर्ने निर्णय गत बैशाखमा लिएका थिए ।

यसैबिच कोहिनूर जोडी श्रीकृष्ण र श्वेता खड्काको विहेको दिन अर्का कलाकार जोडी अनुप बराल र दिया मास्के पनि विवाह बन्धनमा बाधिदैछन् ।

बराल र मास्के पनि लामो समय प्रममा रही त्यो सम्बन्धलाई बिबाह बन्धमा ढाल्न लागेका हुन । बराल रङ्गकर्मबाट उदाएका एक कुशल कलाकार हुन् भने मास्के पनि प्रमीकै बाटो पछ्याएकी अभिनेत्री हुन् ।