एमालेमा साम्यवाद छाड्ने प्रस्ताव

२२ असार, काठमाडौँ ।

माक्र्सवाद लेनिनवाद र जनताको बहुदलीय जनवादलाई आदर्श स्विकार्दै नेकपा एमालेले विधानबाटै माम्यवाद हटाउने भएको छ । राजधानीमा तीन दिनदेखि जारी नवौँ महाधिवेशनको बन्दसत्रमा शनिवार सचिव युवराज ज्ञवालीले पेस गरेको विधान संशोधन प्रस्तावना नै परिवर्तन गरी साम्यवाद शव्द हटाउने उल्लेख छ ।

विधान संशोधन प्रस्तावमा जनताको बुहदलीय जनवाद जबज नेपालको विशिष्ट परिस्थितिमा माक्र्सवाद लेनिनवादको सिर्जनात्मक प्रयोग भएको निष्कर्ष छ । जनक्रान्ति पूरा भइसकेकाले मुलुक पुुँजीवादी चरणमा प्रवेश गरेको पनि प्रस्तावको ठहर छ । आजको नागरिक दैनिकले समाचार छापेको छ ।

विधिको शासन, बुहदलीय प्रतिस्पर्धा, आवधिक निर्वाचन, स्वतन्त्र न्यायपालिका, जनप्रतिनिधिद्वारा शासन प्रणाली सञ्चालनमा जोड दिँदै एमालेले लोकतन्त्रको विश्वव्यापी मान्यतामा संशोधन प्रस्तावमार्फत प्रतिबद्धता दोहोर्‍याएको छ ।

दुवै गुटमा भागबन्डा कठिन

नेकपा एमालेको नवौं राष्ट्रिय महधिवेशनमा केन्द्रीय नेतृत्वका लागि आकांक्षी धेरै भएपछि गुट व्यवस्थापन गर्न समस्या देखिएको छ ।

अध्यक्षका आकांक्षीद्वय वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता केपी शर्मा ओली समूहलाई तल्लो तहबाट धेरैले केन्द्रमा चुनिने इच्छा देखाउँदा नामावली तयार गर्न समस्या भएको छ ।

‘व्यक्तिगत महत्वाकांक्षा निकै बढेको छ । पुराना नेता अहले परिहाल्छन्, नयाँ पनि निकै देखिएका छन्, एक नेताले भने,’पदाधिकारी र केन्द्रीय सदस्यको नाम चयन गर्न नसकिए चुनावमा समस्या पर्छ । सबै क्षेत्रलाई समेट्नुपर्छ । ‘

विधान संशोधनमा उल्लेख भए अनुसार १ सय १५ पूर्ण सदस्य र ३४ वैकल्पिक केन्द्रीय सदस्यका लागि दुबै समुहमा गरी ५ सय भन्दा बढीको दाबी छ ।