हरियो तरकारीमा विषैविष, विषाक्त देखिएपनि कानुन नहुँदा नष्ट नगरी विक्रीवितरण

२२ असार, काठमाडौँ ।

छिमेकी भारत र स्वदेशकै विभिन्न जिल्लाबाट दिनहुँ राजधानी भित्रिने हरियो तरकारीमा अत्याधिक विषादी पाइने गुनासो सुनिन थालेको वर्षौ भयो ।

राजधानीमा बिक्री हुने तरकारीमा कति छ त विषादी रु ती खान योप्य छन् की छैनन् रु कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा १७ दिनदेखि तरकारीको विष नाप्ने मेसिनै राखेर यसको परीक्षण सुरु गरेको नागरिक दैनिकले समाचार छापेको छ । बाली संरक्षण निर्देशनालयका प्राविधिकको परीक्षणमा देखियो, अधिकांश तरकारी खानै नहुने विषाक्त छन् तर जानीजानी त्यस्ता तरकारी बजारमा विक्री वितरण भइरहेको छ ।

किसानबाट ठेकेदार, बिचौलिया हुँदै बजार आइसकेको तरकारी फिर्ता पठाउने वा नष्ट गर्ने अधिकार सरकारसँग छैन् । किनकी, अहिलेसम्म यससम्बन्धि न कुनै कानुन छ, न त्यसले निर्धारण गरेको कार्यविधि वा निर्देशिका । त्यसैले परीक्षणमा अति विषादी भेटिएका तरकारी पनि खुलमखुला बिक्री भएर उपभोक्ताको भान्सामा पाकिरहेको छ ।

निर्देशनालयका अनुसार असार ४ यता कालीमाटीमा दिनहुँ विषदी परीक्षण भइरहेको छ । त्यसका लागि समितिकै कार्यालय भवनमा ‘स्पेट्रोफोटोमिटर’ मेसिनसहित निर्देशनालयका तीन प्राविधिक खटिएका छन् ।  ’विहान ६ बजेदेखि ११ बजेसम्म थाइल्यान्डबाट तालिमप्राप्त निर्देशनालयका प्राविधिबाट परीक्षण भइरहेको छ,’निर्देशनालयका एक उच्च अधिकारीलृे जानकारी दिए ,’तरकारी विषाक्त पाइएपनि बिक्रि भने रोक्न सकिएको छैन ।’