एमाओवादी प्रशिक्षण सम्पन्न, पार्टीलाई सुदृढ बनाउने निष्कर्ष

२१ असार, काठमाडौँ ।
एकीकृत नेकपा माओवादीको केन्द्रीय कार्यालयमा भएको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । समसामयिक राजनीति, पार्टीलाई सुदृढ बनाउनेलगायत विषयमा शीर्ष नेताहरुले प्रशिक्षण दिएको प्रवक्ता दिनानाथ शर्माले जानकारी दिए ।

अध्यक्ष ‘प्रचण्ड’, वरिष्ठ नेता बाबुराम भट्टराई, उपाध्यक्ष नारायणकाजी श्रेष्ठलगायत शीर्ष नेताहरुले दिएको प्रशिक्षणमा प्रशिक्षणमा सभासद, कर्मचारीहरु र पत्रकार समेत सहभागी थिए । आज बिहानका लागि तय गरेको स्थायी समिति बैठक स्थगित गरेर पार्टी मुख्यालय पेरिसडाँडामा प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो । राज्यस्तरमा प्रशिक्षण चलाएको माओवादीले अब जिल्लातहमा सञ्चालन गर्ने तयारी पनि गरेको छ ।