सरकारले सभासदलाई भ्रष्ट बनायो : कमल थापा

२१ असार, काठमाडौँ ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले सरकारले सभासदलाई भ्रष्ट बनाउन खोजेको आरोप लगाएका छन् । राप्रपा नेपालले आज मकवानपुरको  हेटौंडामा गरेको कार्यक्रममा थापाले निर्वाचन क्षेत्रको विकासका नाममा पाच करोड बाडेर सरकारले सभासदलाई भ्रष्ट बनाउन प्रेरित गरेको बताए ।

जनतासामु एक वर्षमा संविधान दिन्छु भन्ने बाचा गरेर आएका सभासदले सरकारसग पाच करोड माग्नु नाजायज भएको थापाको भनाई छ । सभासदलाई पाच करोड दिने तयारी गरेर सरकारले भ्रष्टाचार  संस्थागत गर्न खोजेको थापको निष्कर्ष थियो ।