खनालको राजनीतिक प्रतिवेदन सहित तीन प्रस्ताव पेश, अधिकारीको फरक मत

२१ असार, काठमाडौँ ।

नेकपा एमालेको जारी नवौं महाधिवेशनको तेस्रोदिन शनिबार विभिन्न प्रस्तावमाथि छलफल सुरु भएको छ ।नेकपा एमाले अध्यक्ष झलनाथ खनालले नेकपा मालेसंग एकता गर्ने प्रस्ताब गरेका छन् । जारी नवौं महाधिवेशनको बन्दशत्रमा अध्यक्ष खनालले पेश गर्नुभएको  राजनीतिक प्रतिवेदनमा सीपी मैनालीले नेतृत्वको नेकपा मालेसँग एकता गर्ने प्रस्ताव गरिएको केन्द्रिय सदस्य कल्पना चापागाइले जानकारी दिइन् ।

अध्यक्ष खनालको प्रतिवेदनमा नेपाली कांग्रेससंग प्रतिस्पर्धा र सहकार्य दुबै गर्न सकिने उल्लेख गरिएको छ । अध्यक्ष खनालले आफ्नो प्रतिबेदनमा एकीकृत माओवादीलाई कहिले राष्ट्रियताको कुरा गर्ने त कहिले विदेशी सामु आत्मसमर्पण गर्ने अस्थिर दलको संज्ञा दिएका छन् । उनले बैद्य माओवादीलाई उग्रबामपन्थी र अराजकतावादी बताएका छन् ।
महासचिव ईश्वर पोख्रेलले संगठनात्मक प्रतिवेदन पनि पेस गरेका छन् । त्यस्तै स्थायी समिति सदस्य भरतमोहन अधिकारीले भने राजनीतिक र सांगठनिक प्रतिवेदनमा असहमति जनाउँदै लिखित फरक मत राखेका छन् । १३ पेज लामो अधिकारीको फरक मतमा राजनीतिक, संगठनात्मक धेरै विषयमा आफ्नो सुझाव भएको बताएका छन् ।

नेकपा एमालेले मनोनित गर्न बाँकी ५ प्रतिशत प्रतिनिधि मनोनयन नगर्ने भएको छ । बन्दशत्र शुरु भएकोे दोश्रो दिनसम्म पनि प्रतिनिधि चयन नभएकाले ५ प्रतिशत प्रतिनिधि मनोनयन अब नहुने भएको छ  । यसैबिच काठमाण्डौको भृकुटीमण्डपमा जारी नेकपा एमालेको नवौंँ महाधिवेशनमा सचिब युवराज ज्ञवालीले बिधान सस्सोधनको प्रस्ताब पेश गरेका छन् । यसअघि महाधिबेशनमा बिहान महासचिब पोख्रेललेसांगठनिक र संगठन बिभागका तर्फबाट बिधान संसोधन प्रतिबेदन पेस भएका थिए ।

एमालेका अनुसार छलफलका लागि २० देखि २२ वटासम्म समूह बनाइनेछ । महाधिवेशनका लागि पार्टीबाट मनोनित गर्नुपर्ने एकसय ११ जना प्रतिनिधि मनोनयन गर्न भने बाँकी छ । करिब दुई हजार दुईसय १४ प्रतिनिधि सहभागी एमालेको नवौं महाधिवेशन अस्तिदेखि राजधानीमा शुरु भएको हो ।