विश्वकप फुटबलमा आज क्वाटरफाइनलका अन्तिम दुई खेल हुने

२१ असार, काठमाडौँ ।
विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत सेमिफाईनल प्रवेशका लागि शनिबार अन्तिम दुई वटा खेल हुँदैछन् । आज बेलुका पौने १० बजे हुने पहिलो खेलमा अर्जेन्टिना र बेल्जियम भिड्नेछन् । त्यस्तै आइतबार बिहान पौने २ बजे हुने अर्को खेलमा नेदरल्याण्ड्स र कोस्टारिका भिड्दैछन् । यसअघि गएराती भएका क्वाटरफाइनलका खेल जित्दै जर्मनी र ब्राजिल सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।

हिजो बेलुका भएको खेलमा जर्मनीले बलियो प्रतिद्धन्द्धी फ्रान्सलाई १–० गोल अन्तरले हराउन सफल भएको हो । यस्तै आज बिहान भएको दोश्रो क्वाटर फाइनलमा कोलम्बियालाई २–१ गोलले पराजित गर्दै ब्राजिल सेमिफाइनलमा प्रवेश गर्न सफल भएको हो । अब सेमिफाइनलमा जर्मनीले घरेलु टोलीको सामना गर्नुपर्नेछ ।