लोडसेडिङ अब हप्तामा जम्मा ४७ घण्टा

२१ असार, काठमाडौँ ।

नेपाल विद्युत प्राधिकरणले आजदेखि लागू लोडसेडिङ घटाएको छ ।  यस अघि हप्तामा ५५ घण्टा हुदै आएको  लोडसेडिङ अब हप्तामा  जम्मा ४७ घण्टा हुने प्राधिकरणले जनाएको छ ।

नयाँ तालिका अनुसार अब हप्तामा ४ दिन ७ घण्टा, दुई दिन साढे ६ घण्टा र एक दिन ६ घण्टा लोडसेडिङ हुने छ । बर्षा लागेसँगै नदीमा  जलस्तर बढेर विद्युत उत्पादनमा केही सुधार आएको भन्दै प्राधिकरणले लोडसेडिङ घटाएको हो ।