बन्दशत्रमा आज अध्यक्षको पतिवेदन पेश हुने

२१ असार, काठमाडौँ ।

नेकपा एमालेको नवौं महाधिवेशनको बन्द शत्रमा आज अध्यक्ष झलनाथ खनालले आफ्नो राजनीतिक प्रतिवेदन पेश गर्ने भएका छन् । बन्दसत्रमा अध्यक्ष खनालले यसअघि नै टेबुल गरेको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको नेता योगेश भट्राइले जानकारी दिए । यस्तै बन्दशत्रमा महासचिब ईश्वर पोखरेलको सांगठनिक प्रतिवेदन र सचिव युवराज ज्ञवालीको बिधान संशोधन मस्यौदा पेश गर्नेछन् ।
बन्द सत्र अहिले केहीबेर पछिदेखि शुरु हुँदैछ । छलफलका लागि समूह विभाजन गरीने पनि एमालले जनाएको छ । छलफलका लागि २० देखि २२ वटासम्म समूह बनाइनेछ । मनोनयनकै लागि हिजो स्थायी समिति बसेको भए पनि विवादका कारण टुंगो लाग्न सकेन ।
यसैबिच विधानमा नवौं महाधिवेशनको लागि केन्द्रीय कमिटीले ५ प्रतिशत अर्थात १ सय ११ जनाको मनोनयन गर्ने व्यबस्था छ ।
तर नेताहरुले आफ्नो पक्षका प्रतिनिधि धेरै मनोतिन गर्नुपर्ने अडान राखेपछि सहमति हुन सकेको छैन ।