ह्याकरद्धारा इजरायली सेनाको ट्विटर एकाउन्ट नियन्त्रण

२१ असार,काठमाडौँ ।

इन्टरनेट ह्याकरहरूले इजरायली सेनाको ट्विटर एकाउन्ट नियन्त्रणमा लिएको छ । ह्याकेरले अकाउन्ट नियत्रणमा लिएर इजरायली पारमाणविक केन्द्रमा रकेट प्रहार भएको सन्देश पठाएको बिबिसीले जनाएको छ । ट्विटमा डाइमोना पारमाणविक केन्द्रमा दुई रकेट प्रहार भएको र यस क्षेत्रमा पारमाणविक चुहावटको सम्भावना भएको उल्लेख गरिएको छ ।

सेनाले आफ्नो ट्विट अरुले चलाएको र प्रवक्ताको अङ्ग्रेजी एकाउन्टबाट अनेकौँ असत्य ट्विट गएको उल्लेख गरेको छ । हाल सेनाले आफ्ना ‘फलोअर्स’ सँग माफी मागेको छ र ह्याकरले राखेका गलत सूचनाहरू हटाएको छ । इन्टरनेट ह्याकिङ समूह सिरियन इलेक्ट्रोनिक आर्मीले उक्त ह्याकिङ गरेको जिम्मेवारी लिएको छ । इजरायली सेनाले गाजाबाट आएको र आफ्नो दक्षिणी भागमा खसेको रकेट बमका विषयमा ट्विट दिने गरेको थियो ।