कार्यकाल सकिए पनि फर्कन आनाकानी गर्छन् राजदूत

२१ असार, काठमाडौँ ।

कार्यकाल सकिँदा पनि बसिहरने अघिल्ला केही राजदूतको प्रबृत्तिलाई फ्रान्सका लागि नेपाली राजदूत मोहनकृष्ण श्रेष्ठले पनि निरन्तरता दिएका छन् । गत महिना कार्यकाल सकिएका श्रेष्ठले नेपाल फर्किने कुनै पहल नगरेको परराष्ट्र स्रोतले जानकारी दिएको छ ।

श्रेष्ठको कार्यकाल करिब तीन साताअघि सकिएको परराष्ट्र मन्त्रालयका प्रवक्ता दीपक धितालले बताए । आजको गोरखापत्र दैनिकले समाचार छापेको छ ।
कार्यकाल सकिए पनि प्रक्रियागत कुराहरु मिल्न बाँकी रहेकाले हुन सक्ने अनुमान गर्दै धितालले राजदूतहरु समय सकिनु एक महिनाअघि वा पछि आउने गरेको वताए ।

सहसचिवबाट सेवानिबृत्त भएका श्रेष्ठ फिर्ता हुनेबारे अन्योल बेपछि परराष्ट्र मन्त्रालयभित्र पेरिसमा श्रेष्ठकै कार्यकाल थप हुने चर्चा सुरु भएको छ । परराष्ट्र सेवाबाट राजदूत नियुक्त भएका करिअर डिप्लोम्याट श्रेष्ठले करिब डेढ बर्षअघि उमेर हदका कारण सेवाबाट अवकाश पाएका थिए ।

परराष्ट्रका एक उच्च अधिकारीले श्रेष्ठ फिर्ता हुनुभन्दा कार्यकाल थप्ने पहलमा रहेको वताए । ‘मन्त्रालयमा बिरामी भएकाले उपचारका लागि बस्नु परेको जानकारी गराएको बुझिन्छ, कार्यकाल सचिएपनि मन्त्रालयसँगको समन्वयमा काम गर्न कुनै अप्ठ्यारो नुहने बताउँदै परराष्ट्र स्रोतले भन्यो,’उहाँले पनि मन्त्री वा अन्य माध्यमहरुमा सम्पर्क गरिराख्नु भएको होला । कार्यकाल थप गर्ने पहल भइरहेको पनि सुनिन्छ ।’