सांसद विकास कोषको रकम बृदी गर्ने कांग्रेसको निर्णय

२० असार, काठमाडौँ ।

नेपाली कांग्रेस संसदीय दलले सांसद विकास कोषको बजेट पाँच करोड पुर्याउनुपर्ने निर्णय गरेको छ । आज सकिएको केन्द्रीय समिति र संसदीय दलको सयुक्त बैठकले प्रत्येक विकास क्षेत्रमा पाँच करोड रुपैयाका दरले रकम पुरयाउनुपर्ने निर्णय गरेको हो ।

निर्वाचन क्षेत्र विकासका लागि पाँच करोड आवश्यक रहेको निस्कर्ष सहित यस्तो निर्णय गरेको सभासद् रामहरी खतिवडाले सीआईएनलाई जानकारी दिनुभयो । निर्वाचन क्षेत्रको विकासका लागि कार्यक्रम लैजान पाँच करोड रकम अनिवार्य छुट्याउनुपर्ने निस्कर्ष सहित काङग्रेसले सरकारलाई आग्रह गरेको छ ।

बैठकमा मन्त्रीहरुले सरकार सकारात्मक रहेको तर अहिले नै छुट्याउने प्रतिवद्धता जनाउन नसकिने बताएका छन् । बैठकमा कांग्रेसका सबै मन्त्रीहरुले आ आफ्नो राखेका थिए ।