प्रतिकुल मौसमका कारण हेलिकप्टर आकस्मिक अवतरण

२० असार,दमौली ।

सिम्रिक एयरको ९ एनएजेजेड हेलिकप्टर खराब मौसमका कारण आज बिहान ८ः३० बजे तनहुँको भानु गाविस–१ भन्सार नजिकै आकस्मिक अवतरण गरिएको छ । काठमाडौँबाट सुर्खेत हुँदै हुम्ला जाने क्रममा खराब मौसमका कारण उक्त ठाउँमा हेलिकप्टर अवतरण गरिएको पाइलट विवेक खड्काले बताउनुभयो ।

सो हेलिकप्टरमा दुई जना अमेरिकी, एक जना चिनियाँ, एक नेपाली गाइड र चालकसहित पाँच जना रहेको सशस्त्र प्रहरी बल मनकामना गण भानु तनहुँले जनाएको छ । काठमाडौँबाट ८ः३० बजे उडेको हेलिकप्टर ९ः०० बजे सो ठाउँमा अवतरण गरिएको हो ।