एमाले महाधिवेनमा अध्यक्ष खनालको प्रतिवेदन पेस, बन्दसत्र भोली बिहान सम्मका लागि स्थगित

२० असार, काठमाडौँ ।

नेकपा एमालेको महाधिवेशनको बन्दशत्र भोली विहान सम्मका लागि स्थगित भएको छ । विवादका कारण निर्धारित समयभन्दा निर्धारित समयभन्दा तीन घण्टा ढिलो गरी सुरु भएको बन्दसत्रमा अध्यक्षका प्रत्यासी माधवकुमार नेपाल र केपी वलीको दुई पक्षबीच विवाद बढेपछि आचार संहिता भोली विहान ९ बजे सम्मका लागी  स्थगित भएको केन्द्रिय सदस्य विकाश लम्सालले जानकारी दिए । ।

अध्यक्ष झलनाथ खनालको १ सय २४ पृष्ठको राजनीतिक प्रतिवेदनामाथि भोलीबाट मात्रै छलफल सुरु हुने बताइएको छ । बन्दसत्रलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले नेपाली काग्रेससंग सहकार्य र प्रतिष्पर्धा दुबै जारी रहने बताए ।  काग्रेसलाई बुर्जुवा राजनीतिक शक्ति बताउँदै खनालले मुख्य प्रतिष्पर्धा पनि काँग्रेससँगै भएको बताए । यसैबिच भोलीदेखि छलफल हुने  प्रतिवेदनमा राजनीतिक क्रान्तिको नेतृत्व गर्ने कार्य पूरा भएकाले अब आर्थिक समृद्धि हासिल गर्न देशलाई अगाडि बढाउने नेताका रूपमा पार्टीलाई विकास गर्न जोड दिइएको छ ।

त्यस्तै जबजलाई मार्गदर्शक सिद्धान्तको रुपमा अवलम्बन गरिएकाले त्यसअनुसरा समाजवाद लोकतान्त्रिक विधिभित्रै रहेर निर्माण हुने तथा समाजवादको पनि राजनीतिक व्यवस्था आधारभूत रुपले लोकतान्त्रिक गणतन्त्र नै हुने उल्लेख छ ।  प्रतिवेदनमा लोकतान्त्रिक गणतन्त्रलाई स्वच्छन्द पुँजीवादको विकासतर्फ अगाडि बढाउन चाहने बुर्जुवावर्ग र लोकतान्त्रिक गणतन्त्रको आर्थिक–सामाजिक तथा साँस्कृतिक ढाँचा विकास गर्दै समाजवादतर्फ जाने श्रमजीवीवर्गबीचमा अन्तरविरोध चर्किँदै गई समाजवादसम्मको ढोका खुलेको पनि उल्लेख गरिएको छ ।

बन्दशत्रमा दुइ पक्षबिच विबाद उत्कर्षमा पुगेपछि  नेतृत्वले १६ बुँदे आचारसंहिता जारी गरेको छ । यसअघि बन्दशत्र चलिरहेको हलमा नेता नेपाल पक्षले मदन भण्डारी अध्ययन केन्द्रले निकालेको पुस्तक वितरण गरेपछि विवाद भएको थियो । यो पुस्तक ओली पक्षका नेताले हल भित्रै च्यातेका थिए । दुईपक्षबीच विवाद बढ्दै गएपछि नेतृत्वले कुनै पक्षको समर्थन वा विरोधमा होहल्ला अथवा हुटिङ गर्न रोक लगाएको छ ।  मदण्ड भण्डारी फाउन्डसेनले प्रकासित गरेको हाम्रो धारणा पुस्तकमा ओलीको स्वास्थ्यसँग जोडेर नेतृत्वको कुरा उठाएको भन्दै ओली पक्षले किताव च्यातेर बन्दसत्र अवरुद्ध गरेका हुन् । विवाद मिलपछि भोलिसम्मका लागि बन्दसत्र भोलिसम्मका लागि स्थगित भएको लम्साललले बताए  ।

आचारसंहिता लागू हुनु पूर्व  ओली समूहले महाधिवेशनमा नाराबाजी गरेका थिए । माधव नेपाल पक्षले बन्दसत्रको हलभित्र केपी ओली विरुद्ध बुकलेट वितरण गरेको भन्दै ओली पक्षधर महाधिवेशन प्रतिनिधिहरुले बन्दसत्र संचालनमा अवरोध सिर्जना गरेका थिए । महाधिवेशन प्रतिनिधिहरुलाई मदन भण्डारी अध्ययन केन्द्रको नामबाट प्रकाशित बुकलेट वितरण गरिएको थियो । सो बुकलेटभित्र ओलीको स्वास्थ्यलाई लिएर नकारात्मक कुराहरु राखिएको भन्दै ओली पक्षधर प्रतिनिधिले विरोध जनाएका थिए ।

यसैबिच मआधिवेशन उद्घाटनसत्र सञ्चालन भइरहेका बेला बाहिर भएको तोडफोड र नाराबाजीको घटनाका सम्बन्धमा स्थायी कमिटीको बैठकले छानबिन गरिने भएको छ । बन्द सत्रमा एक प्रकाशनका विषयमा उत्पन्न विवादमा अध्यक्षमण्डलले अबदेखि त्यस्ता गतिविधि हुन नदिने गरी सोह्रबुँदे आचारसंहिता जारी भएपछि विवाद अन्त्य भएको हो ।  अध्यक्ष मण्डलका सदस्य भीमबहादुर रावलले बन्दसत्रमा पार्टीका आधिकारिक दस्तावेजमा लेखिएका विषय बाहेक अन्य विषयलाई औपचारिक छलफलको विषय नबनाउने, त्यस्ता सामग्री बन्दसत्रमा वितरण नहुने, वितरण गरेमा औपचारिक जानकारीको विषय नबनाउने तथा प्रकाशनलाई च्यात्ने काम पनि कसैले नगर्ने गरी आचारसंहिता जारी गरिएको बताएपछि विवादको अन्त्य भएको हो ।