एमाओवादीको स्थायी कमिटी जारी, नेकपा माओबादीको बैठक पनि आजै बस्ने

२० असार, काठमाडौँ ।

एकीकृत नेकपा माओवादीको स्थायी समिति बैठक आज बस्दैछ । नेकपा माओबादीका अध्यक्ष पुष्प कमल दाहाल  प्रचण्डको निवास लाजिम्पाटमा बसीरहेको प्रचण्डका सहयोगी शिव खकुरेलले जानकारी दिए छ ।  बैठकमा विभिन्न कमिटि तथा विभागहरुलाई पूर्णता दिनेलगायतका विषयमा छलफल भइरहेकोे प्रवक्ता दिनानाथ शर्माले बताए  ।

यसैबीच राजधानीमा जारी नेकपा माओवादी केन्द्रीय कमिटिको बैठक आज पनि बस्दैछ । पार्टी कार्यालय बुद्धनगरमा बिहान ११ बजेपछि बस्ने बैठकमा महाधिवेशन तयारी अध्यक्षको प्रतिवेदनलगायतका विषयमा छलफल जारी रहने जनाइएको छ ।