राप्रपा बिबाद आयोगसम्म पुग्यो

असार २०,काठमाडौ ।

राष्टिय प्रजातन्त्र पार्टी भित्रको विबाद उत्कर्षमा पुगेपछि एक पक्षले आज निर्वाचन आयोगको ढोका ढकढकाउने भएको छ । पार्टी अधयक्षको दाबी गरिरहेको लोकेन्द्रबहादुर चन्द नेतृत्वको टोली आज आयोग पुगेर आफूहरुलाई आधिकारिकता दिनुपर्ने माग गर्न लागेको एक नेताले बताए ।  पूर्व अध्यक्ष सूर्यबहादुर थापाले महाधिवेशनको निर्णय विपरित पशुपति शमशेर राणलााई अध्यक्ष पद हस्तान्तरण गरेको बिरोधमा चन्द पक्ष निर्वाचन आयोग जान लागेको हो । दिउँसो साढे १२ वजे शान्तिवाटिकामा भेला भएर निर्वाचन आयोगमा जाने तयारी छ ।

एकवर्ष अघि भएको पार्टीको एकता महाधिवेशनबाट अध्यक्ष ुभएका पूर्वप्रधानमन्त्री सुर्यबहादुर थापाले राजिनामा दिएर आफु पक्षिय पशुपति शमशेर राणालाई अध्यक्ष बनाएका थिए । एक वर्षअघि भएको महाधिवेशनले अध्यक्ष पद आलोपालो गर्ने र थापापछि चन्दलाई अध्यक्ष बनाउने घोषणा गरेको भएपनि थापाले त्यस विपरित काम गरेकाले आधिकारिकता दावी गर्दै आयोग जान लागेको नेता प्रकाशचन्द्र लोहनीले जानकारी दिए ।