भारतमा एक कलिला वालकलाई बलिको बहानामा हत्या

२० असार, काठमाडौँ ।

भारतमा एक वालकलाई बलि दिइएको खुलासा भएको छ । बराणाशीको भादोही जिल्लाको तेल्गा गाउँमा स्थानीय एक तान्त्रिकले १२ बषिइक कलिला वालकको घाँटी अठ्ठ्यार बलि दिएको सार्वजजिक भएसँगैको हंगामा पछि  प्रहरीले ति तान्त्रिकलाई पक्राउ गरेको छ ।  पक्राउ गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । तान्त्रिकले वालक मारेको स्वीकार गरेका छन् ।

सुमित नामका ती वालक हराएको भन्दै परिवारले खोजि गरिरहेको थियो । तीन दिनपछि वालकको शव गाउँको एकान्त स्थलमा शरीररभरी चोट नै चोट भएको अवस्थामा फेला परेपछि तान्त्रिकले मारेको खुलासा भएको हो ।

वालकका हात काटिएको र घाँटी अठ्ठ्यर मारिएको अवस्थामा फेला पारिएको प्रहरीले बताएको छ । प्रहरीले वालकको वलि दिने तान्त्रिक उपेन्द्र तिवारी र उनका २ सहयोगीलाई नियन्त्रणमा लिएको छ ।

क्रुद्ध गाउँलेहरुले तान्त्रिकका सहयोगीका घरमा आगो लगाइदिएका छन् । अहिले त्यहाँ प्रहरी तैनाथ गरिएको छ ।

भारत र नेपालका विभिन्न स्थानमा मानव बलिको परंपरा लुकुछिपी कायमै रहेको छ । समय समयमा यसरी मानव वली दिइएको खुलासा हुने गरेको छ ।