एमाले महाधिवेशनमा आजदेखि बन्द सत्र शुरु हुँदै, स्थायी समितिको बैठक जारी

२० असार, काठमाडौँ ।
नेपाल एमालेको नवौ महाधिबेशनमा आजबाट बन्दशत्र सुरु हुँदैछ ।
बन्दसत्रमा अध्यक्ष झलनाथ खनालको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको सांगठनिक प्रतिबेदन र सचिव युवराज ज्ञवालीको विधान संसोधन मस्यौदा प्रस्तुत हुने प्रचार विभाग प्रमुख  प्रदिप ज्ञवालीले जानकारी दिए । बन्दसत्र अघि अध्यक्ष खनालले केन्द्रीय कमिटीका सदस्य, केन्द्रीय निकाय, जेष्ठ कम्युनिष्ट मञ्च र अनुशासन कमिटीका सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको एमालले जनाएको छ । केन्द्रीय कमिटीले आयोजकहरु स्वतः महाधिबेशन प्रतिनिधि हुने निर्णय गरिसकेको छ । यो निर्णय महाधिवेशनको हलले पारित गरेपछि मात्रै लागु हुने भएकोले अध्यक्षले प्रस्ताव पेश गर्ने केन्द्रीय सदस्य बिकास लम्सालले जानकारी दिए  ।

प्रस्ताव पारित भएपछि केन्द्रिय कमिटी, सल्लाहाकार कमिटी, लेखा आयोग, अनुशासन आयोग र जेष्ठ कम्युनिष्ट मञ्चका सदस्य गरी झण्डै २ सय ५० जना पदेन प्रतिनिधि हुनेछन् ।  बन्द सत्र शुरु हुनु अघि अहिले पार्टी स्थायी समितिको बैठक बसीरहेको छ । पार्टीबाट मनोनित गर्नुपर्ने एकसय ११ जना प्रतिनिधि मनोनयन गर्न बाँकी रहेकाले त्यसैको टुंगो लगाउन स्थायी समिति बैठक बस्न लागेको एमाले प्रचार विभाग प्रमुख प्रदिप ज्ञवालीले जानकारी दिए । करिब २ हजार ४ सय प्रतिनिधि अहिलेसम्म भइसके पनि पार्टीले केन्द्रबाट मनोनित गर्ने प्रतिनिधि चयनको काम बाँकी छ । बन्द सत्र शुरु हुनअघि अहिले बिहानैदेखि प्रतिनिधिहरुको पास वितरण भइरहेको छ । एमालेले प्रतिनिधिलगायत सबैलाई बार कोर्ड भएको डिजिटल कार्ड प्रयोग गर्ने जनाइसकेको छ । नवौं महाधिशेनको लागि यी सहित २ हजार २ सय १४ जना प्रतिनिधि चयन भैसकेका छन् ।

स्रोतका अनुसार अध्यक्षका प्रत्यासी माधवकुमार नेपाल र केपी ओली पक्षलाई मनोनित प्रतिनिधि आधा आधा बाँड्ने तयारी छ । तर अध्यक्ष खनाल र उपाध्यक्ष वामदेव गौतमले पनि आआफ्नो भाग माग गरेकोले सहमति जुटाउन समस्या भएको छ ।