असार मसान्तसम्ममा संविधानसभाभित्र मोर्चाबन्दी

१९ असार, काठमाडौँ ।

केही  समय यता देखि मोर्चा  बन्दीको कसरत सुरु गरेको संविधानसभाभित्रको पहिचानसहितको संघीयता पक्षधर दलहरुले असार मसान्तभित्र मोर्चाबन्दी बनाइसक्ने गरि गृहकार्य थालेका छन् । बिहिबार एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास लाजिमपाटमा बसेको माओवादी, मधेसवादी र संघीय समाजवादी पार्टीको बैठकले असार अन्त्यसम्म मोर्चा बनाई सक्ने निर्णय गरेको माओवादीका एक नेताले जानकारी दिए ।

यही २४ गतेभित्र मोर्चाको अवधारणा बनाउन शीर्ष नेताले गृहकार्य गर्ने र असार मसान्तभित्र मोर्चाबन्दी गर्ने तयारी गरिएको बैठकपछि संघीय समाजवादी पार्टीले जनाएको छ । संयुक्त बैठक २४ गतेलाई बोलाइएको छ । संघियता र पहिचानको मुद्धालाई बलियो बनाउने उद्देश्यले एकीकृत माओबादीले संविधानसभा भित्र र बाहिरका दलहरुसँग मोर्चा गठनलाई तीव्रता दिएको छ । यसअघि पाँच कम्युनिष्ट पार्टीसँग एकीकृत माओवादीले कार्यगत एकाता गरिसकेको छ ।