संसद विकास कोषको रकम बढाउन सरकार सकारात्मक

१९ असार,  काठमाडौँ ।

संसद विकास कोषको रकम बढाएर पाँच करोड पु¥याउनुपर्ने सभासद्हरूको मागप्रति सरकार सकारात्मक देखिएको छ । नेपाली काँग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा सभासद्हरूले सो कोषको रकम १० लाखबाट बढाएर पाँच करोड पु¥याउनुपर्ने माग राखेकामा त्यसप्रति सरकार सकारात्मक देखिएको हो ।

आर्थिक क्षमताले भ्याएसम्म वृद्धि गरिने काँग्रेस केन्द्रीय सदस्य एवम् सिँचाइ मन्त्री नारायणप्रसाद साउदले बताए । बैठकमा सभासद्हरूले २४० निर्वाचन क्षेत्रमा सन्तुलित तवरले बजेट पु¥याउन एवम् स्थानीय निकायले सिफारिश गरेका योजना र कार्यक्रमको प्राथमिकीकरण गरी विकास निर्माणलाई प्रभावकारी बनाउन पनि संसद् विकास कोषको रकम बढाउनुपर्ने माग गर्नुभएको मन्त्री साउदले बताए ।

विगत चार दिनदेखि बैठकमा केन्द्रीय सदस्य एवम् सभासद्हरूले सरकारका गतिविधि र नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै आवश्यक सुझाव दिनुका साथै बजेटमा आफ्ना क्षेत्रका समस्या सम्बोधन गर्न माग गरेका थिए । कार्यबाहक सभापति रामचन्द्र पौडेलको सभापतित्वमा बसेको उक्त बैठकमा केन्द्रीय सदस्य एवम् सभासद्हरूले बोल्न बाँकी रहेकाले बैठक भोलि पनि राखिएको प्रमुख सचेतक चीनकाजी श्रेष्ठले जानकारी दिए ।