लोडसेडिङ शनिबार देखि फेरि घट्ने

१९ असार, काठमाडौ ।

नेपाल विद्युत प्राधिकरणले पर्सी देखि लोडसेडिङ फेरि घटाउने भएको छ । नदीमा जलस्तर बढेर विद्युत गृहहरुले क्षमता अनुसार उत्पादन गर्न थालेपछि प्राधिकरणले लोडसेडिङ घटाएको बताइएको छ  । अहिले हप्तामा साढे ५५ घण्टा लोडसेडिङ हुँदै आएको छ ।

अब लागू हुने तालीका अनुसार  ४७ घण्टा मात्रै हुने प्राधिकरणले जनाएको छ । प्राधिकरणले अब लागू गर्ने  नयाँ तालिका अनुसार अब हप्तामा ४ दिन ७ घण्टा, दुई दिन साढे ६ घण्टा र एक दिन ६ घण्टा विजुली कटौत हुनेछ ।