नेकपा माओवादीको बैठक आज पनि बस्दै

१९ असार, काठमाडौ ।

नेकपा माओवादीको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । बुद्धनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा विहान ११ बजे बस्ने बैठकले राष्ट्रिय सम्मेलनको मिति र एजेण्डा तय गर्ने प्रवक्ता पम्फा भुषालले जानकारी दिइन् ।

वैठकमा केन्द्रीय सदस्यहरुले अध्यक्ष मोहन वैद्य र सचिव नेत्र बिक्रम चन्दले पेश गरेको राजनीतिक दस्तावेजमाथि आआफ्नो धारणा राख्ने माओबादीले जनाएको छ ।

यसअघि हिजो बसेको बैठकमा अध्यक्ष मोहन बैद्य र सचिव नेत्रविक्रम चन्दले फरक फरक राजनीतिक दस्तावेज पेश गरेका थिए ।

अध्यक्ष वैद्यले ‘जनयुद्धको जगमा जनविद्रोह’ को कार्यदिशाअनुसार नै अघि बढ्नुपर्ने तथा सचिव चन्दले फरक ढंगबाट जनयुद्धमा जानुपर्ने छुट्टा छुट्टै राजनीतिक दस्तावेज पेश गरेका थिए ।