डीभीले निम्त्याएका क्षण

भाषा शर्मा ।
srijana-300x225

कुनै महिला कसरी एक पुरुषका अघि कमजोर बन्न बाध्य हुन्छेरु सिर्जना शर्माको उपन्यास ‘गोल्डेन गेटु की मुख्य पात्र ‘महिमाु को कथा पढ्दा यस्ता अनेकौं जवाफ पाउन सकिन्छ।
महिमा अमेरिका पुग्दा जीवनकै सुनौलो दैलो पार गरेझैं अनुभव गर्छे।

सुख, सुविधा, पैसाका खात, अनेकन तर्कना मनमा खेलाइरहन्छे। तर, उनले सोचेजस्तो सजिलो अमेरिका हुँदैन। त्यहाँ पुगेर स्थायी बसोबास गर्ने नेपालीको बानी फरक भइसकेको हुन्छ। नेपालका नेपाली जत्तिकै दयालु पाउन मुश्किल छ। उसको दिमागमा कोरिएको नक्सा जस्तो पटक्कै छैन अमेरिका। जहाँ श्रम नगरी बाँच्न कल्पना गर्न सकिँदैन। त्यहाँ बाँच्न जति कठिन छ, उत्तिकै कठिन काम पाउन।

कुनै काममा निपुण नभएकी महिमा अमेरिका पुगेपछि निकै संघर्षको सामना गर्छे।
उपन्यासका शब्द सरल छन्। पाठक गुमराहमा बस्नु पर्दैन। तर, पाठकले सोचेभन्दा समय छिटोछिटो दौडिन्छ। कुनै घटना पछि अर्को क्षणका लागि धेरै समय कुर्नु पदर्ैैन। कुनै क्षण पढ्नुभन्दा अघि नै अनुमान लगाउन सकिन्छ। पात्रका जीवन उतारचढाव भइरहन्छ।

नेपालमा कुनै पनि अवसर खोज्न पट्टि पात्र लाग्दैनन्। बरु विदेशमा रुखमै पैसा टिप्न पाइने सोच उनीहरुमा हावी छ। सबै कुरा विदेशमै पाइन्छ भन्ने आम सोचाइ समेटिएको छ। उपन्यास भित्र ३८ उपशीर्षक छन्।

एकपछि अर्को शीर्षकको सन्दर्भ सिलसिलेवार बगिरहन्छ। फ्ल्यासब्याक कम छन्।
प्रेमकथाबाट सुरु उपन्यास पतिले पत्नीमाथि गर्ने शंकैशंकामा टुंगिएको छ। जीवनको छोटै समयमा विभिन्न उतारचढाव व्यवहोरेकी महिमा अमेरिका पुगेपछि मानसिक रुपमा बलियी देखिन्छे। पतिले कुनै प्रकारको लाञ्छना लगाउँदा पनि धेरै मतलब राख्न सक्दिन। उपन्यासमा अमेरिका पुग्नु नै जीवनकै ठूलो सफलताको रुपमा देखाइएको छ।

डीभी परेपछि संसारै जितेको ठान्ने हाम्रो सोचाइमा यस उपन्यासले केही सोचेर मात्र विदेश जान सुझाउँछ। पहिलोपटक अमेरिका पुगेकी महिमाले जीवनकै गोल्डेन गेट पार गरेको भान गरेकी छे। त्यो केवल मनभित्रको लड्डु मात्र रहेछ। उपन्यासको विषयलाई पूर्ण ‘डायस्पोराु भन्न सकिँदैन। यसलाई नेपालीहरुले अमेरिकामा भोगेका तीतो यथार्थको रुपमा लिन सकिन्छ।

उपन्यासकार –  सिर्जना शर्मा
प्रकाशक – अक्षर क्रियसन्स नेपाल
मूल्य – रु २९०।–
नागरिक दैनिकबाट