झूटो बेहोराको उजुरी दिँदा प्रहरीको फन्दामा

१९ असार, काठमाडौँ ।
नक्सालस्थित बालमन्दिरमा ‘यौन दुराचार हुने गरेको’ विषयमा उजुरी गर्ने संस्थाकी कन्ट्री डाइरेक्टर सलिना तामाङलाई त्यहाँ विद्यार्थी तथा सञ्चालकहरुले प्रहरीको जिम्मा लगाएका छन् ।

बालमन्दिरको बारेमा गलत उजुरी दिई संगठनकै बदनाम गरेको भन्दै उनीहरुले तामाङलाई महानगरीय प्रहरी बृत्त कालिमाटीको जिम्मा लगाएका हुन् । उनलाई राति अबेरसम्म कालिमाटी प्रहरी बृत्तमा राखिएको छ ।

एक्सन फर चाइल्ड राइट इन्टरनेसनलले केन्द्रीय अनुसन्धान ब्युरोलाई दिएको उजुरीका आधारमा प्रहरीले बालमन्दिरका पूर्वकर्मचारी रवीन श्रेष्ठ र त्यहाँ युथ क्लब सञ्चालन गर्ने रवीन चालिसेलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । बालमन्दिरका कर्मचारीलगायत सञ्चालकहरुले दुराचारको आरोप लगाउने एक्सन फर चाइल्ड राइट इन्टरनेसनललाई प्रमाण पेश गर्न चुनौती दिँदै बालमन्दिरको बदनाम गराउन जथाभावी उजुरी दिएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

संस्थाको उजुरीमाथि प्रहरीले गरेको अनुसन्धानका विषयमा समाचार प्रकाशन भएपछि आक्रोशित बनेका बालमन्दिरका पूर्वविद्यार्थी र क्लब आबद्ध सदस्यले दुराचारको प्रमाण पेस गर्न उजुरीकर्ता संस्थालाई चुनौतीसमेत दिएका हुन् ।

साभार राजधानी दैनिकँ