मन्त्रिपरिषद्द्वारा नीति तथा कार्यक्रम पारित

१३ असार काठमाडौं । सरकारले वार्षिक नीति तथा कार्यक्रम पारित गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले आजै राष्ट्रपतिले संसदमा प्रस्तुत गर्ने नीति तथा कार्यक्रम पारित गरेको हो ।
नीति तथा कार्यक्रम पारितपछि अहिले केहीबेरमा कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका उपप्रधानमन्त्री वामदेव गौतम राष्ट्रपति कार्यालय जाँदै हुनुहुन्छ । प्रधानमन्त्री सुशील कोइराला उपचारका लागि अमेरिकामा रहेकाले पहिलो पटक कार्यबाहक प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाउनु भएको हो ।

आजको बैठकमा नेपाल प्रहरीको डिआईजी बढुवामा पुनरावलोकन समितिले दिएको खाम खोल्ने विषयमा पनि छलफल हुने भनिए पनि उक्त बिषयमा छलफल भएन ।