एमालेको महाधिवेशन सचिवालय भृकुटीमण्डपमा

१३ असार, काठमाडौं । नेकपा एमालेको महाधिवेशन सुरु हुन चारदिन बाँकी रहँदा नेतृत्वका प्रत्यासीहरु प्रतिनिधी आफ्नो पक्षमा पार्न व्यस्त रहेका छन् ।
एमालेको नवौं महाधिवशेनको विहीबार काठमाडौंमा उद्घाटन गरिने भएको छ ।

अध्यक्षका दुई प्रत्यासी माधव कुमार नेपाल र केपी शर्मा ओलीले महाधिवेशन प्रतिनिधी आफ्नो पक्षमा पार्न आन्तरिक गृहकार्य बढाएका छन् । महाधिवेशनलाई प्रभावित पार्नेगरी आफ्नो गुटका कार्यकर्ता भेलगर्न नपाईने भएपनि पुस्तक विमोचनदेखि विभिन्न प्रशिक्षणमा सहभागी भई अध्यक्षका प्रत्यासीहरुले आप्mनो पक्षमा माहोल बनाउने काम जारी राखेका छन् ।
विहीबार हुने उद्घाटन समारोहमा विश्वका विभिन्न १ सय ५० देशबाट प्रतिनिधि आउने अध्यक्ष झलनाथ खनालले जानकारी दिनुभयो ।
यस्तै राष्ट्रिय महाधिवेशनको लागि आजैदेखि भृकुटीमण्डपमा सचिवालय स्थापना गरिँदैछ ।
अहिलेसम्म पार्टी कार्यालयबाटै सचिवालयले काम गर्दै आएपनि १९ देखि २५ गतेसम्म हुने महाधिवेशनको व्यवस्थापन तथा सहजताका लागि सचिवालय स्थानान्तरण गरेर आवश्यक कार्य गरिने एमालेले जनाएको छ ।
पार्टीको जनसंगठन तथा काठमाडौँ उपत्यकाबाट करिब २ सय स्वयंसेवक परिचालन गरी महाधिवेशनलाई व्यवस्थित बनाइनेछ । महाधिवेशनमा देशभरबाट करिब दुई हजार प्रतिनिधि तथा विदेशबाट ३०० पाहुना सहभागी हुने एमालेले जनाएको छ ।