अमेरीका अर्को चरण प्रवेश, पोचुर्गल स्तब्ध

१३ असार, काठमाडौँ ।
विश्वकपको गएराती भएको पहिलो जर्मनीले अमेरीकालाई  १–० गोल अन्तरले हराउँदै समूह जीको विजेता बनेर प्रिक्वार्टरफाईनल प्रवेश गरेको छ । थोमस मुलरले गरेको गोलनै  जर्मनीलाई जिताउने निर्णयक गोल बन्यो । उता जर्मनीसँग पराजय ब्यहोरे पनि समूह जीको   उपविजेता बन्दै अमेरिका अन्तिम १६ मा प्रवेश गरेको छ ।

प्रि क्वाटर फाइनलको चरणमा अर्थात अन्ति १६ मा अमेरिकाले बेल्जियमसँग तथा जर्मनीले अल्जेरिया   खेल्नेछन्  । त्यस्तै गएराती नै सम्पन्न अर्को खेलमा  क्रिष्टियानो रोनाल्डोको गोलबाट घानालाई हराउन सफल भए पनि पोर्चुगलको विश्वकप यात्रा टुंगिएको छ ।

अमेरिकासँग समान ४ अंक भए पनि गोल अन्तरको आधारमा अमेरिका उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश पायो । पोर्चुगलले घानालाई हराए पनि अघिल्लो चरणका लागि पर्याप्त हुन सकेन । पोर्चुगलले घानालाई २–१ गोल अन्तरले हराएको हो ।