लागुऔषधविरुद्धको अन्तर्राष्ट्रिय दिवस सम्पन्न

१२ असार ।

लागुऔषध प्रयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरि मनाइयो ।

दिवस हरेक वर्ष जुन २६ तारिखका दिन मनाउने गरिन्छ ।

संयुक्त राष्ट्रसंघको आव्हानमा सन् १९८७ देखि यो दिवस मनाउन थालिएको हो ।

दिवसको यस वर्षको नारा ‘आशाको एक सन्देश ः लागुऔषध दुव्यसनको रोकथाम र उपचार संभब छ’ भन्ने तय गरिएको थियो ।
प्रयोगकर्ताको पुनः स्थापनामा लागेका विभिन्न सङ्घसंस्था तथा सरकारी निकायको समन्वयमा आज देशैभर विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरिएका थिए ।