पत्रपत्रिका वर्गिकरणमा युनियनको आपत्ति

१२ असार ।

आर्थिक वर्षमा प्रेस काउन्सिलले ढिला र पक्षपातपूर्ण तरिकाले पत्रपत्रिका वर्गिकरण गरेको भन्दै परिणामप्रति नेपाल प्रेस युनियनले आपत्ति जनाएको छ ।
महासचिव शिव लम्सालले आज निकालेको विज्ञप्तिमा वामपन्थी पृष्ठभूमिका प्रकाशक तथा सम्पादक रहेको पत्रपत्रिकालाई आग्रहपूर्वक माथिल्लो मूल्यांकनमा पार्ने र प्रकाशन नै बन्द भइसकेकालाई समेत मूल्यांकनमा पारिएको उल्लेख गरिएको छ ।